भ्यालेन्सियाको पोस्टमा किरणसम्मिलित माजियाको दर्जन बढी गोल

नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङ सम्मिलित माजिया स्पोर्ट्स एण्ड रिक्रियसनले फराकिलो जित हात पारेको छ ।​ माजियाले माल्दिभ्सको शीर्ष डिभिजन दिवेही प्रिमियर लिगअन्तर्गत आइतबार रातिको खेलमा क्लब भ्यालेन्सिया मालेमाथि १३–० को फराकिलो जित निकालेको हो । 

माजियाको जितमा मोहम्मद हम्जाले पाँच, नैज हसनले तीन, टाना डोमिंगेज र कर्लिनस स्विार्टले दुई/दुई तथा इब्राहिम असमले एक गोल गरे । खेलको १० औं मिनेटमा स्टिवार्टको गोलमार्फत माजियाले अग्रता लिएको थियो । १२, १६,२३ र ३१ औं मिनेटमा हम्जाले लगातार चार गोल गर्दै टोलीलाई ५–० ले अघि बढाए । 

३८ औं मिनेटमा असम ले टोलीका लागि छैटौं गोल गरे । ४३ औं मिनेटमा हम्जाले व्यक्तिगत पाँचौ तथा ४७ औं मिनेटमा स्विवार्टले व्यक्तिगत दोस्रो गोल गरेपछि माजिया ८–० ले अघि बढ्यो ।

५३ औं मिनेटमा डोमिंगेज तथा ५५ औं र ६६ औं मिनेटमा हसले गोल गर्दा माजियाले ११–० को फराकिलो अग्रता बनायो । ८१ औं मिनेटमा डोमिंगेजले व्यक्तिगत दोस्रो तथा ९० औं मिनेटमा हसनले ह्याट्रिक पूरा गरेपछि टोलीले १३–० को फराकिलो जित दर्ता गर्‍यो । 

जितसँगै नौ खेलमा २४ अंक जोडेको माजिया शीर्ष स्थानमा उक्लिँदा पराजित भ्यालेन्सिया समान खेलबाट १३ अंकका साथ तेस्रो स्थानमा छ ।  





  • प्रकाशित मिति : बैशाख ५, २०७९ साेमबार १२:४४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया