शुभेच्छुक र मतदाता चुनावी तालमेलको पक्षमा छैनन् : गगन थापा
फाइल तस्वीर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कार्यकर्ता चुनावी तालमेलको पक्षमा नरहेको बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले देशैभरका कांग्रेसका कार्यकर्ता चुनावी तालमेलको पक्षमा नहरेको बताएका हुन् ।

‘नेपाली कांग्रेसको देशैभरिका साथीहरू, पार्टीका साथीहरू, शुभेच्छुक र मतदाता कोही पनि चुनावी तालमेलको पक्षमा हुनुहुन्न । मैले धेरै पहिलादेखि भन्दै आएको छु- कांग्रेस पार्टीको बनोट, मतदाताको मनोविज्ञान र स्वभाव नै बरु निर्वाचनमा हारे परेर हाराैँला भन्ने छ' थापाले भने ।

महामन्त्री थापाले निर्वाचन पछाडि कोहीसँग मिल्ने कुरा संसदीय व्यवस्थामा स्वभाविक भए पनि निर्वाचनभन्दा पहिला चुनाव जित्न गरिने तालमेल गर्नु अस्वभाविक भएको बताए ।





  • प्रकाशित मिति : बैशाख ५, २०७९ साेमबार १३:४०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया