सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लक्ष्मण कँडेल विजयी

सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लक्ष्मण कँडेल विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा उनी ९११ मतका साथ विजयी भएका हुन् । कँडेलका प्रतिस्पर्धी हर्षविक्रम खड्काले ८६३ मत प्राप्त गरे ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा ९४१ मत ल्याएर गणेशकुमार बस्नेत विजयी भए । उनका प्रतिद्वन्द्वी सूर्यबहादुर रावतले ७३७ मत ल्याए । वाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावल ९२० मतका साथ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी दीपेन्द्र ढकालले ७८४ मत पाए ।

उद्योग उपाध्यक्षमा सिंहराज वम ८६७ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी प्रेम पाण्डेले ८५७ मत ल्याए । महिला उपाध्यक्षमा तारा रावत ८८२, महासचिवमा भद्र भण्डारी ८७२, उप-महासचिवमा कृष्णप्रसाद सुवेदी ८७५, कोषाध्यक्षमा रामप्रसाद पाण्डे ९३८ र सह-कोषाध्यक्षमा सूर्यबहादुर खत्री ८६५ मत ल्याएर विजयी भएका छन् ।

महिला उपाध्यक्षमा कृष्णाकुमारी थापा ८२१, महासचिवमा रामप्रसाद जैसी ८६५, उपमहासचिवमा पूर्णदेव अधिकारी  ८१२, कोषाध्यक्षमा राजेन्द्रबहादुर शाही ७६५ र सह-कोषाध्यक्षमा भीमप्रसाद पौडेल ८३२ मत ल्याएर निर्वाचित भए ।

२०५८ कूल मतदातामध्ये निर्वाचनमा १८२४ जना सहभागी थिए ।  





  • प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार ७:४५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया