उत्तराखण्डका मुख्यमन्त्रीसँग सांसद बस्नेतको भेट, दिए नेपाल भ्रमणको निम्तो

भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी र नेकपा एमालेका सांसद महेश बस्नेतबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री धामी र सांद बस्नेतबीच भारतको देहराधुनमा भेटवार्ता भएको हो । भेटमा उनीहरूबीच भारतको उत्तराखण्ड र नेपालको सुदूरपश्चिम क्षेत्रमा धार्मिक पर्यटन विकासबारे छलफल भएको थियो ।

धामी र बस्नेतले एकअर्कालाई तुलसीको बिरुवासमेत दिएका थिए । मुख्यमन्त्री धामीले पशुपतिनाथको दर्शन गर्न नेपाल आउने इच्छा पनि व्यक्त गरेका छन् । 

मुख्यमन्त्रीको सचिवालयका अनुसार पूर्वमन्त्रीसमेत रहेका बस्नेतले नेपाल भ्रमण गर्न दिएको निम्तो धामीले स्वीकार गरेका थिए ।  





  • प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार ८:३०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया