कोरोना संक्रमणपछि मिचेल मार्श अस्पताल भर्ना

इन्डियन प्रिमियर लिग (आइपिएल) टोली दिल्ली क्यापिटल्सका अलराउण्डर मिचेल मार्शलाई कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो समय गरिएको परीक्षणमा अलराउण्डर मार्शलाई कोभिड संक्रमण पुष्टि भएको हो ।

कोरोना देखिएसँगै उनलाई मुम्बईको एक अस्पताल भर्ना गरिएको क्लबले जनाएको छ ।  टाउको दुख्नेलगायतका लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

कोरोना पुष्टि भएसँगै अस्ट्रेलियन मार्शले आइपिएलका केही खेल गुमाउने भएका छन् । दिल्लीले आफ्नो छैटौं खेल बुधबार पुणेमा पञ्जाब किंग्ससँग खेल्ने तालिका छ । 
 





  • प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार १०:३९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया