रोनीको क्लब डर्बी काउन्टी तेस्रो डिभिजनमा घटुवा

वायन रोनीको नेतृत्वमा रहेको डर्बी काउन्टी रेलिगेसनमा परेको छ । क्विन्स पार्क रेन्जर्सविरुद्ध सोमबारको खेल १–० ले गुमाएपछि डर्बी घटुवा हुने निश्चित भएको हो ।

इंग्लिस फुटबलको दोस्रो डिभिजन च्याम्पियनसिपबाट झरेपछि अब आर्थिक समस्याबाट गुज्रिरहेको डर्बीले तेस्रो डिभिजन लिग वानमा खेल्नेछ । सन् १९८६ यता पहिलोपटक तेस्रो डिभिजन खेल्ने डर्बीको व्यवस्थापकमा रोनी नै रहनेछन् ।

खेललगत्तै रोनीले क्लबका पूर्वमालिक मेल मोरिसलाई तनावले निद्रा नलागोस् भन्दै प्रतिक्रिया दिएका छन् । तत्काल भने डर्बी प्रशासनको मातहतमा छ । मोरिसले क्लबलाई आर्थिक संकटमा पारेर छाडेका थिए ।  

रोनीले भनेका छन्, ‘डर्बी रेलिगेसनमा परेपछि मोरिसको मनमा पक्कै कुरा खेल्नेछ । र, यसले निन्द्रा लाग्ने छैन । उनैले क्लबलाई यस्तो खराब स्थितिमा पुर्‍याएका हुन् ।’ 

प्रशासनको मातहमा गएपछि डर्बीको १२ अंक खोसिएको थियो । यसक्रममा क्लब ऋणात्मक दुई अंकको स्थितिमा पुग्यो । पछि उसको थप नौ अंक खोसियो । समग्रमा डर्बी काउन्टीले २१ अंक गुमायो ।

इंग्ल्याण्ड र म्यानचेस्टर युनाइटेडका लागि सर्वाधिक गोलकर्ता रहेका रोनीले आफ्नो खेल जीवन डर्बीमा टुङ्ग्याएर त्यसको व्यवस्थापन हेर्न सुरु गरेका थिए । गत सिजन डर्बीलाई रेलिगेसनबाट बचाए पनि यसपल्ट भने उनी सफल रहेनन् । 



तेस्रो डिभिजन लिग वानमा पनि टोलीको व्यवस्थापन रोनीले नै सम्हाल्ने छन् । हाल क्लब ४३ खेलमा ३१ अंकका साथ २३ औं स्थानमा छ । अब ऊ बाँकी तीनै खेल जिते पनि रेलिगेसन जोनबाट माथि उठ्नसक्ने छैन ।

डर्बीसँगै बान्र्सली पनि तेस्रो डिभिजनमा घटुवा हुँदा एक टोलीको भने टुङ्गो लाग्न बाँकी छ । 



  • प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार ११:२१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया