टी–२० वरीयतामा नेपाल यथास्थानमा
फाइल तस्वीर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथास्थानमा छ । 

आइसीसीले सर्वाजनिक गरेको गरेको नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा यथावत रहेको हो । उसले टेष्ट राष्ट्र आयरल्याण्डलाई समेत पछि पारेको छ । 

नेपालले १८९ रेटिङ प्वाइन्ट प्राप्त गर्दा १८३ रेटिङ प्वाइनटका साथ आयरल्याण्ड १५ औं स्थानमा छ ।

नेपाल पछिल्लो १० टी–२० अन्तर्राष्ट्रिय खेलमा मात्र एक खेलमा पराजित भएको छ । नेपाल ओमानमा भएको टी–२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा युएइसँग पराजित भएको थियो । 

नेपालले घरेलु मैदानमा, मलेसिया र पुपुवा न्युगिनी (पिएनजी) त्रिकोणात्मक टी–२० सिरिजमा अपराजित रहँदै उपाधि उचालेको थियो ।

टी–२०अन्तर्राष्ट्रियको वरीयतामा २७० रेटिङ प्वाइन्टका साथ भारत पहिलो स्थानमा रहँदा दोस्रो स्थानको इंग्ल्याण्डले २६९ रेटिङ प्वाइन्ट पाएको छ ।



पाकिस्तान, न्युजिल्याण्ड, दक्षिण अफ्रिका,अस्ट्रेलिया, वेस्ट इन्डिज, अफगानिस्तान, बंगलादेश र श्रीलंका क्रमश: तेस्रोदेखि दसौं स्थानमा छन् । 



  • प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार १५:३८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया