हरेक जिल्लामा विरोधका स्वर सुनिएका छन् : शशांक कोइराला
फरकधार / ६ बैशाख, २०७९

नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गठबन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्ने बताएका छन् ।



चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले दलबीचमा बनेको राजनीतिक उच्चस्तरीय समितिको निर्णय सबैले पालना गर्नुपर्ने बताएका हुन् । अहिले संवाद चलिरहेको उनको भनाइ थियो ।

उनले साँझसम्म गठबन्धनभित्र टुङ्गो लाग्ने भन्दै निर्णय नआएसम्म केही भन्न नसकिने बताए । पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता कोइरालाले हरेक जिल्लामा विरोधका स्वर सुनिएको भन्दै यसलाई व्यवस्थापन गरेर अघि बढ्नुपर्ने बताए । 



उनले भने, 'निर्णय आएपछि सम्झाउनुपर्ने हुन्छ । हामीसँग समय पनि छ ।' कार्यकर्तालाई सम्झाउन कठिन हुने भन्दै उनले गठबन्धनभित्रका दलले आफ्नो जनाधार कमजोर भएका ठाउँसमेतमा माग गरेका कारण टुङ्गो लाग्न कठिन भएको बताए ।



  • प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार १५:५५:२३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया