जनताले एकीकृत समाजवादीलाई आशाको नजरले हेरेका छन् : माधव नेपाल
फाइल तस्वीर

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरूभित्रैबाट स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने चेतावनी दिएका छन् ।

अध्यक्ष नेपालले अरुको शक्तिको अवमूल्यन गर्ने र उनीहरूमाथि अपमानपूर्ण ढंगको व्यवहार गर्ने काम स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर जिल्ला जिल्लामा हुने गरेको रिर्पोट आएको उल्लेख गर्दै सैह्य नहुने बताएका हुन् । 

मंगलबार काठमाडौंमा आयोजित नेकपा (एकीकृत समाजवादी)सँग नेकपा (गौरवशाली) पार्टीको एकता घोषणा कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेको पार्टी भएकाले कुनै पनि खालको अपमान सहन नसकिने बताए । 

उनले सहमति नजुटे एक्लै निर्वाचन जाने सक्ने बताए । ‘सहमति हुन सकेन भने मित्रतापूर्ण प्रतिस्पर्धाको आधारमा जाने भन्ने पनि हामीले टुंगो लगाएका छौं । यस सन्दर्भमा आज पनि हामी फेरि छलफल गर्छौं' उनले भने ।

उनले आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको र आम नेपाली जनताले पनि आफ्नो पार्टीलाई आशाको नजरले हेर्ने गरेको बताए । अध्यक्ष नेपालले पार्टीको पक्षमा जनलहर ल्याउने गरी चुनावको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । 

अध्यक्ष नेपालले निर्वाचनमा आफ्नो पार्टीको चिन्ह कलम भएको र यसको प्रचारप्रसारमा जोड दिन पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए ।





  • प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार १६:४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया