इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलोपटक दौडिएर चार रन पूरा भएको छ ।
आइपिएलअन्तर्गत सोमबार भएको खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध राजस्थान रोयल्सका ओपनर ब्याटरद्वय देवदत्त पडिकल र जोस बटलरले दौडिएर चार रन पूरा गरेका हुन् ।
बटलर र पडिकलले खेलको पहिलो पारीको तेस्रो ओभरमा चार रन लिएका थिए । यसमा कुनै ‘ओभर थ्रो’ थिएन ।
यसअघि सन् २०१७ मा ग्लेन म्याक्सवेलले दौडिर चार रन पूरा गरेका थिए । तर, त्यसबेला ‘ओभर थ्रो’को कारण थप दुई रन पूरा गर्न पाएका थिए ।
बटलरले १०३ रनको शतकीय पारी खेलेको उक्त खेलमा राजस्थानले कोलकातालाई सात रनले पराजित गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।