कोलकाताका लागि १५० खेल खेल्ने नारायण पहिलो खेलाडी

वेस्ट इन्डियन स्पिनर सुनील नारायण कोलकाता नाइट राइडर्सबाट १५० औं इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो खेलाडी बनेका छन् ।

सोमबार भएको राजस्थान रोयल्सविरुद्ध खेलसँगै नारायण दुई पटकको विजेता कोलकाताबाट १५० औं खेल खेल्ने पहिलो खेलाडी बनेका हुन् ।

यो कीर्तिमान बनाएका नारायणलाई कोलकाताले राजस्थानविरुद्धको खेलअघि विशेष क्याप प्रदान गरेको थियो ।

नारायणले १५० खेलका क्रममा १६५ विकेट र ९७७ रन बनाएका छन् । कोलकाताले यस सिजन उनलाई ६ करोड भारुमा ‘रिटेन’ गरेको हो ।

नारायणले सन् लागि २०१२ को आठ अप्रिलमा राजस्थान रोयल्सविरुद्धकै खेलबाट कोलकाता तथा आइपिएलमा डेब्यु गरेको थिए । 





  • प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार १६:३४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया