नेताहरूले माइन्युटमा हस्ताक्षर गर्न बाँकी छ : देव गुरुङ
फाइल तस्वीर

स्थानीय तह निर्वाचनका लागि तालमेलको टुंगो लगाउन बसिरहेको सत्ता गठबन्धनको बैठक सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिएका छन् । 

सोमबार दिनभर र आज दिउँसो ३ बजेदेखि बसेको बैठक निष्कर्ष नजिक पुगेको उनीहरुको दाबी छ । 

सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले छलफल सकारात्मक भएको बताए । त्यस्तै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले पनि सहमति सकारात्मक भएको र खाना खाएर आएपछि गृहकार्य गर्ने बताए ।

नेताहरुले सहमतिको माइन्युटमा हस्ताक्षर गर्न बाँकी रहेको उनले दाबी गरे । अब उपमहानगरको पनि टुंगो लगाउने उनको भनाइ छ ।

‘नेताहरूले माइन्युटमा हस्ताक्षर गर्न बाँकी छ । हस्ताक्षर नगरी भन्न भएन । उपमहानगरको पनि टुंगो लगाउँछौं,’ नेता गुरुङले भने । बैठक आजै राति १० बजेपछि पुन बस्ने जनाइएको छ । 





  • प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार १९:५२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया