यादवको टिप्पणी : चार कक्षा पढेका शिक्षामन्त्री र अर्थशास्त्र नपढेका अर्थमन्त्री भएपछि देशको दुर्दशा नभए के हुन्छ ?

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले खिचडी निर्वाचन प्रणालीले देशको हित नगर्ने बताएका छन् । मंगलबार जसपा गोरखाको आमसभालाई सम्बोधन गर्दै यादवले महँगो चुनाव प्रणालीका कारण विकास हुन नसकेको बताए । 

‘महँगो निर्वाचन प्रणालीमा जतिसुकै योग्य र सक्षम भए पनि गरिब वर्गका मानिसले प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ, यसले देशको हित गर्दैन,’ उनले भने, ‘यो प्रणाली बदलेर पार्टीले पनि खर्च गर्नु नपर्ने, उम्मेदवारले पनि खर्च गर्नु नपर्ने निर्वाचन प्रणाली आवश्यक छ ।’

अहिलेको जस्तो शासकीय स्वरुपले राजनीतिक स्थिरता हुन नसक्ने भन्दै यादवले जनताबाट निर्वाचित कार्यकारिणी अधिकारसहितको राष्ट्रपतिको चुनाव हुनुपर्ने बताए । 

चार कक्षा पढेका मान्छेलाई शिक्षामन्त्री र अर्थशास्त्र नपढेका मान्छे अर्थमन्त्री हुँदा अर्थतन्त्र ध्वस्त हुँदै गएको उनले बताए । उनले भने, ‘जसलाई कानुनको नलेज छैन, ऊ कानुनमन्त्री हुँदा देशको दुर्दशा नभए के हुन्छ ?’

न्याय प्रणाली सामान्य परिवारको पहुँचमा नरहेको  र झन्झटिलो र महँगो हुँदै गएको उनले बताए । न्यायलाई सबैको पहुँचमा पुर्‍याउन पुनर्संरचनाको आवश्यकता रहेको यादवको भनाइ थियो ।





  • प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार २०:४७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया