सिरहामा एसइईका परीक्षार्थी १० हजार ६ सय ४० जना

यस वर्षको एसइई परीक्षा यस वर्ष आगामी वैशाख ९ गते शुक्रबारदेखि सञ्चालन हुने भएको छ। कोरोना भाइरस महामारीका कारण पछिल्लो दुई वर्षदेखि हुन नसकेको एसइई पहिलाकै जस्तो सामान्य अवस्थामा सुरु हुने भएको हो । 

एसइई परीक्षामा देशभरबाट ५ लाख १४ हजार ७ सय ६० जना छात्र–छात्रा सहभागी हुने भएका छन्। तीमध्ये सिराहा जिल्लाबाट १० हजार ६ सय ४० जना छन् ।   

सिराहा जिल्लामा जम्मा एक सय ६२ विद्यालयका विद्यार्थीको लागि ४० परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन हुने शिक्षा विकास तथा समन्वय एकाइ सिरहाका प्रमुख रामवृक्ष महतोले जानकारी दिए । 

प्राविधिक धारतर्फका सबै विद्यार्थीको परीक्षा सदरमुकाम सिरहाको बालमन्दिर विद्यालयमा हुने समन्वय एकाई प्रमुख महतोले जनाए ।

अघिल्लो २ वर्षसम्म ग्रेड वृद्धिका लागि छुट्टै परीक्षा केन्द्र सञ्चालन गरे पनि योपटक सबैलाई एकैठाउँमा राखेर परीक्षा लिइने भएको छ । 





  • प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार २१:२०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया