आज पनि गठबन्धनको बैठक बस्दै, भागबण्डाको विषयलाई अन्तिम रूप दिने

सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिन गठबन्धनको बैठक बस्न लागेको हो । 

गएराति गठबन्धनका शीर्ष नेताहरूबीच महानगर र उपमहानगरको भागबण्डामा गहिरो छलफल भए पनि सहमतिमा भने जुट्न सकेनन् । सहमति हुन नसकेपछि फेरि आज बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।  

गएरातिको बैठकमा लगभग सहमति भएपनि अन्तिम रूप भने आज दिइने नेकपा एकीकृत समाजवादीका नेता विजय पौडेलले बताए । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पनि छलफल सकारात्मक रूपले अगाडि बढेको र निष्कर्ष नजिक पुगेको बताए । 

स्रोतका अनुसार ६ मध्ये कांग्रेसले तीन र बाँकी दलले एक/एकवटा महानगर लिने गरी सैद्धान्तिक सहमति भएको छ ।  





  • प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार ६:५३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया