युनाइटेडमाथि शानदार जित निकाल्दै शीर्ष स्थानमा उक्लियो लिभरपुल
फरकधार / ७ बैशाख, २०७९

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा शानदार जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । एनफिल्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई ४–० ले हराउँदै घरेलु टोली लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।  

लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले दुई तथा लुइस डियाज र सादियो मानेले एक/एक गोल गरे । खेलको पाँचौं मिनेटमा डियाजको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । २२ औं  मिनेटमा सलाहले टोलीको अग्रता दोब्बर बनाए । 

६८ औं मिनेटमा मानेले गोल गरेपछि लिभरपुल ३–० ले अघि बढ्यो । ८५ औं  मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई ४–० सहज जित दिलाए । जितसँगै शीर्ष स्थानमा उक्लिएको लिभरपुलले ३२ खेलमा ७६ अंक जोडेको छ ।



यो एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको भन्दा दुई अंक बढी हो । पराजित युनाइटेड ३३ खेलमा ५४ अंकका साथ छैटौं स्थानमा छ । 



  • प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार ७:३:२२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया