प्रिमियर लिगमा फर्कियो फुलहम

च्याम्पियनसिप लिगअन्तर्गत गएरातिको खेलमा जित हात पार्दै फुलहम प्रिमियर लिगमा फर्किएको छ । प्रिस्टन नर्थ इन्डलाई ३–० ले हराउँदै फुलहम ​शीर्ष डिभिजनमा बढुवा भएको हो । ​

फुलहम रेलिगेसनमा परेको एक सिजनपछि नै शीर्ष डिभिजनमा फर्किन सफल भयो । ऊ गत सिजन रेलिगेसनमा परेको थियो । क्रेभन कटेजमा फुलहमलाई जित दिलाउन एलेक्सान्डर मिट्रोभिचले दुई तथा फाबियो कार्भाल्होले एक गोल गरे ।  

खेलको नवौं मिनेटमा मिट्रोभिचको गोलमार्फत फुलहमले अग्रता लिएको थियो । ३४ औं मिनेटमा कार्भाल्होले टोलीको अग्रता दोब्बर बनाए ।

४१ औं मिनेटमा मिट्रोभिचले व्यत्तिगत दोस्रो गोल गरेपछि फुलहमले ३–० को सहज जित निकाल्यो । यस जितसँगै शीर्ष स्थानको फुलहमले ४२ खेलमा ८६ अंक जोड्दा पराजित प्रिस्टन ४३ खेलबाट ५८ अंकका साथ र १५ औं स्थानमा छ ।





  • प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार ८:५५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया