चीनको सांघाइमा कोरोनाबाट तीन दिनमा १७ संक्रमितको मृत्यु

चीनको सांघाइमा कोरोना भाइरसबाट बुधबार थप सातजनाको मृत्यु भएको छ । योसँगै सांघाइमा कोभिडबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । 

यसअघि सांघाइमा कोभिडबाट सोमबार तीन र मंगलबार सातजनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य आयोगले जनाएको थियो ।

तीव्र रूपमा फैलिएको ओमिक्रोन भाइरसका कारण साढे दुई करोड जनसंख्या भएको सांघाइमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । महामारीसँग जुध्न सरकारले कडा प्रतिबन्ध र सामूहिक परीक्षणको दायर बढाएको छ ।

पछिल्लोपटक मृत्यु भएका सातै जना दीर्घरोगी भएको बताइएको छ । अधिकारीहरूका अनुसार उनीहरू फोक्सोको क्यान्सर र सुगरबाट पनि पीडित थिए । मृत्यु भएकामध्ये ५ जना ७० वर्षमाथिका रहेका बताइएको छ । 

‘अस्पताल भर्ना भएपछि बिरामीहरू गम्भीर अवस्थामा पुगेका थिए । निष्प्रभावी उद्धार प्रयत्‍नपछि उनीहरूको मृत्यु भयो । मृत्युको मुख्य कारण दीर्घकालीन रोग हो’, सांघाई सरकारले एक विज्ञप्तिमा भनेको छ । 

यसैबीच, सांघाइमा बुधबार थप १८ हजार नयाँ संक्रमित भेटिएका छन् ।  





  • प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार ९:५३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया