लिभरपुलसँगको हार लज्जास्पद र अपमानजनक : युनाइटेड प्रबन्धक

म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रबन्धक राल्फ राङ्गनिकले लिभरपुलसँग आफ्नो टोलीको फराकिलो हारलाई लाजमर्दो र अपमानजनक रहेको बताएका छन् । प्रिमियर लिगअन्तर्गत मंगलबार राति लिभरपुलसँग ४–० ले पराजित भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।  

‘यो हार लाजमर्दो र निराशाजनक छ, सायद अपमानजनक पनि छ । यद्यपि यो कुरा स्वीकार गर्नुपर्छ कि उनीहरू हामीभन्दा ६ वर्ष अगाडि छन् । जब जर्गेन क्लोप आए, उनीहरूले क्लबमा परिवर्तन गरे र टोलीलाई मात्र नभई शहरलाई पनि नयाँ उचाइमा पुर्‍याए । आगामी ट्रान्सफर विन्डोमा हामीले पनि त्यही गर्नु आवश्यक छ,’ खेलपछि पत्रकारसँग राङ्गनिकले भने । 

उनले थपे, ‘यसले हाम्रो लक्ष्यलाई पक्कै पनि धक्का दिएको छ, यहाँ बसेर यसरी पत्रकारसँग बाल्नु कोचिङ स्टाफको रूपमा मेरा लागि अत्यन्तै लाजमर्दो हो । उनीहरू हामीभन्दा राम्रो छन् भन्ने तथ्यलाई स्विकार्नै पर्छ ।’

लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले दुई, सादियो माने र लुइस डियाजले एक–एक गोल गरे । अक्टोबरमा ओल्ड ट्राफोर्डमा ५–० को जितपछि लिभरपुलले फेरि युनाइटेडलाई नमिठो हार चखाएको हो । 





  • प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार ११:५८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया