आर्मीले जित्यो राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो । 

राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपिएफलाई ४०–१६ ले हरायो । कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले नगद एक लाख ५० हजार पुरस्कार पाएको छ । 

उपविजेता एपिएफले नगद ८० हजारमा चित्त बुझाएको छ । सेमिफाइनल पुगेका दुई टोली सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेका छन् । दुवै टोलीले ४०/४० हजार रुपैयाँ प्राप्त गरेका छन् ।





  • प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार १४:५२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया