मधेस प्रदेश : गठबन्धनभित्रकै दलबीच आपसी तालमेल गरि प्रतिस्पर्धा गर्ने सहमति

मधेस प्रदेशमा सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनका लागि चुनावी तालमेल गरेको छ । 

३० वैशाखमा हुने निर्वाचनका लागि मधेस प्रदेशमा सत्तारुढ गठबन्धनले विभिन्न चार बुँदे निर्णयहरु गरेका छन् । 

नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवको संयोजकत्वमा गठबन्धन दलका प्रदेश स्तरीय प्रतिनिधिहरुको बैठक बसि निर्णयहरु सर्वसम्मत पारित गरिएको हो । 

सत्ता गठबन्धन दलहरुबीच चुनावी गठबन्धन भई चुनावमा नगएको पालिकाहरुमा गठबन्धन बाहिरका दलसँग प्रतिस्पर्धा रहेको ठाउँमा सत्तारुढ दल अधिकतम लचिलो भई चुनावी तालमेल गर्ने निर्णय गरिएको नेपाली कांग्रेस मधेस प्रदेशका कोषाध्यक्ष प्रदीप कुमार यादवले जानकारी दिए । 

उनले गठबन्धन दलहरु भित्रका सबै दल एकजुट हुन नसकेमा गठबन्धनभित्रकै दलहरुबीच आपसी तालमेल गरि चुनावमा प्रतिस्पर्धा गर्ने सहमति भएको जानकारी दिए । 

त्यस्तै, गठबन्धन नभएको पालिकाहरुमा गठबन्धन दलहरु स्वस्थ र मित्रवत प्रतिस्पर्धा गर्ने निर्णयसमेत गरिएको उनले बताए । सत्ता गठबन्धन दल बाहिरको दलसँग कुनै चुनावी तालमेल वा गठबन्धन नगर्ने सहमति भएको बताइएको छ । 



मधेश प्रदेशका सम्पूर्ण स्थानीय तहलाई भएका निर्णयहरु कार्यान्वयन गर्न गराउन सत्तारुढ गठबन्धनले अनुरोध गरेको छ ।



  • प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार १६:८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया