गठबन्धनले टुंग्यायो महानगर र उपमहानगरको भागबण्डा, सहमतिपत्रमा हस्ताक्षर हुँदै
फाइल तस्वीर

सत्ता गठबन्धनका शीर्ष नेताहरूले महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटको टुंगो लागेका छन् । 

प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरपालिकाको सिट बाँडफाँट टुंगो लगाएको हो ।
 
सिट बाँडफाँट टुङ्गो लागेको तर सहमतिपत्रमा हस्ताक्षर हुन बाँकी रहेको बैठकमा सहभागी एक नेताले बताए । अन्तिम सहमतिपत्रमा केही बेरमा हस्ताक्षर हुने तीन नेताको भनाइ छ । 

सिट बाँडफाँट टुङ्ग्याउन तीन दिनदेखि सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।





  • प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार १६:२७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया