यस्तो छ गठबन्धनले टुङ्ग्याएको महानगर र उपमहानगरको भागबण्डा [सूचीसहित]
फाइल तस्वीर

सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुङ्गिएको छ । बुधबारको बैठकले भागबण्डा टुङ्ग्याएको हो । 

सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलका लागि बैठक बसेको थियो । 

६ वटा महानगरमध्ये कांग्रेसले तीन र माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले एक/एक वटा महानगरपालिकाको मेयर पाएका छन् । 

त्यस्‍तै, ११ वटा उपमहानगरमध्ये कांग्रेसले सात र माओवादीले दुई र एकीकृत समाजवादी र जनता समाजवादीले एक/एकमा मेयर पाएका छन् । 

३० वैशाखमा हुने स्थानीय तहका निर्वाचनका लागि सत्तारुढ गठबन्धनले चुनावी तालमेल गरेर उम्मेदवार उठाउने सहमति गरेको छ । 

महानगरको मेयरमा



कांग्रेस : काठमाडौं, ललितपुर र विराटनगर
माओवादी केन्द्र : भरतपुर  
नेकपा (एकीकृत समाजवादी) : पोखरा र 
जनता समाजवादी : वीरगन्ज

उपमहानगरको मेयरमा



कांग्रेस : धनगढी, नेपालगन्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरान 
माओवादी केन्द्र : घोराही र जितपुर सिमरा 
नेकपा (एकीकृत समाजवादी) : हेटौंडा 
जनता समाजवादी : जनकपुर

 

  • प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार १७:७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया