सहमति बन्न नसकेको अवस्थामा पाँचदलीय गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा

सत्तारुढ दलहरुले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहमति बन्न नसकेको अवस्थामा पाँचदलीय गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएका छन् । 

पाँच दलले बुधबार ६ वटा महानगरपालिका र ११ वटा उप–महानगरपालिकामा भागबण्डा मिलाई जारी गरेको विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ । 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आज ६ वटा महानगरपालिका र ११ वटा उप–महानगरपालिकाको भागबण्डा मिलाएका हुन् । 

‘पाँचदलीय गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावनाअनुरुप सम्बन्धित समितिहरुको बैठक बसी अविलम्ब सिट बाँडफाँट तथा उम्मेदवारहरुको चयन गर्न निर्देश गरिन्छ । साथै, सहमति बन्न नसकेको अवस्थामा पाँचदलीय गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्न सकिनेसमेत समझदारी भयो,’ पाँच दलले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ । 





  • प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार १८:५६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया