कांग्रेसलाई तालमेलले भन्दा एजेण्डाले जिताउनुपर्छ : धनराज गुरुङ
फरकधार / ७ बैशाख, २०७९
यो सामग्री सेयर गर्नुहोस्

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसलाई तालमेलले भन्दा पनि एजेण्डाले जिताउनुपर्ने बताएका छन् । बुधबार नेपाल विद्यार्थी संघ उपत्यकाका क्याम्पस एकाइहरुको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । 



जनताको मन छुने गरी घोषणापत्र बनाउन सकेमा नेपाली कांग्रेसलाई ५१ प्रतिशतको कांग्रेस बनाउन सकिने उनले दाबी गरे । पार्टीभित्र कसैले कसैलाई निषेध गर्नु नहुने भन्दै उनले पार्टीभित्रका वादविवादलाई संवादबाट समाधान गर्नुपर्नेमा जोड दिए । 



नेपाली कांग्रेसको वैचारिक धरातललाई छाडेर प्राविधिक रुपमा मात्रै अगाडि बढेमा दुर्घटना निम्तिन सक्ने खतरा रहेको उनले औँल्याए । 









  • प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार १९:१:७,   अन्तिम अपडेट : बैशाख ७, २०७९ बुधबार १९:८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया