आज पनि पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

नेपालमा हाल न्यून चापीय रेखासँगै स्थानीय वायुको प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम, लुम्बिनी तथा देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ ।

दिउँसो पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति गण्डकी, बागमती तथा प्रदेश–१ का थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ । शुक्रबार गण्डकी, बागमती तथा प्रदेश–१ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा क्षणिक वर्षाको आँकलन गरिएको छ । 





  • प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार ७:३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया