फिलिपिन्सका यी ११ वर्षीय किशोर, जो २० घण्टासम्म फ्रिजमा बसेर पहिरोबाट जोगिए

फिलिपिन्सका एक ११ वर्षीय किशोर घण्टौंसम्म फ्रिजभित्र बसेर पहिरोबाट बच्न सफल भएका छन् । न्यूयोर्क पोस्टका अनुसार बेबे शहरमा सीजे जस्मे नाम गरेका ती किशोर आफ्नो परिवारसँग घरमा बसेका थिए । त्यही बेला ठूलो माटोको पहिरोले उनीहरूको घर पुरेको थियो ।  

पहिरोले घर पुर्न थालेपछि ११ वर्षीय ती किशोर तत्काल फ्रिजभित्र पसेका थिए । आँधीबाट बच्न उनले २० घण्टा फ्रिजभित्र बिताएका थिए । नदीको किनारमा रेफ्रिजरेटर देखेपछि अन्ततः उद्धार टोली त्यहाँ पुगेको थियो । टोलीले किशोरलाई तत्काल उद्धार गर्‍यो । 

 ‘मलाई भोक लागेको छ,’ उद्धारपछि ती किशोरले भने । उनको खुट्टा भाँचिएको छ । बच्चाको अवस्था स्थिर छ । बाढीमा किशोरकी आमा र दुई दाजुभाई अझै बेपत्ता छन् ।

मेगी आँधीपछि आएको अविरल वर्षापछिको बाढीका कारण लेयते प्रान्तमा दर्जनौँको मृत्यु भएको छ भने अझै केही हराइरहेका छन् । 





  • प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार १३:२४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया