पाँच दलीय गठबन्धनले स्थानीय तहलाई लक्षित गर्दै सातै प्रदेशमा चुनावी सभा आयोजना गर्ने भएको छ । स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको सत्तारुढ पाँच दलले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएका हो ।
रामचन्द्र पौडेल संयोजकत्वको गठबन्धनका दलहरूको आन्तरिक तयारी र निर्वाचन अनुगमन संयन्त्रको बिहीबार बसेको बैठकले सातवटै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको हो । बैठकले १८-२२ वैशाखसम्म सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको छ ।
संयन्त्रका सदस्य सचिव अधिवक्ता केशवराज जोशीले चुनावी सभाको तालिका पनि सार्वजनिक गरेका छन् । तालिका अनुसार १८ वैशाखमा धनगढी र सुर्खेत, १९ वैशाखमा बुटवल र पोखरा, २० वैशाखमा विराटनगर र जनकपुर तथा २२ वैशाखमा काठमाडौंमा चुनावी सभा हुनेछ ।
चुनावी सभालाई कांग्रेस पौडेलसहित, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।