संखुवासभामा भरत र नुवाकोटमा देवनारायण निर्विरोध
फाइल तस्वीर

अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गतको जिल्ला फुटबल संघहरूमा अहिले नयाँ नेतृत्व चयन प्रक्रिया जारी छ । यसैबीच, संखुवासभा जिल्ला फुटबल संघको अध्यक्षमा भरत घिमिरे र नुवाकोट जिल्ला फुटबल संघमा देवनारायण चित्रकार निर्विरोध चयन भएका छन् । 

संखुवासभा सम्पन्न साधारण सभाबाट १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएका छन् । अध्यक्षमा घिमिरेले निरन्तरता पाउँदा उपाध्यक्षमा मुकुन्द श्रेष्ठ, कपुर घिमिरे र अशिम जिमी चयन भएका छन् । 

एन्फाका प्रतिनिधि तथा भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रविण सुवालको रोहबरमा सम्पन्न सभाबाट महासचिव दीपेन्द्र कार्की र कोषाध्यक्षमा जिल्लामान राई चुनिँदा सुजन श्रेष्ठ, जीवन श्रेष्ठ, राजकुमार राई, खगेन्द्र कार्की, गौरीमान राई, शशिकला लिम्बू, फुर्बा शेर्पा, दिनेश राई, मिनेस चापागाईं, भीम जिमी र मणिराज गुरुङ सदस्यमा चयन भएका छन् ।

यता, नुवाकोटको अध्यक्षमा देवनारायण चित्रकार निर्विरोध निर्वाचित भएका छन् । चित्रकारको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

आगामी चार वर्षका लागि चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा शनि चित्रकार, अच्युतराज महन्त गिरी र विजय गुरुङ निर्वाचित भए । 

यस्तै, सदस्यहरूमा पूर्णमान चित्रकार, दीपकलाल चित्रकार, निरोजकुमार खड्गी, सुप्पल गुरुङ, रामकुमार कोइराला, गोविन्द श्रेष्ठ, श्रीकृष्ण आचार्य, मोहित तण्डुकार, रामकृष्ण लामा, सन्तोष खड्का चुनिएका छन् ।



एन्फाको केन्द्रीय निर्वाचनमा ४८ वटामध्ये ४५ वटा जिल्ला संघले मताधिकार प्राप्त गरेका छन् । यस्तै, १४ वटा ए डिभिजन क्लब, १४ मध्ये ११ बी डिभिजन क्लब र १४ मध्ये ९ वटा सी डिभिजन लिगका क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका चार क्लबले भोट हाल्न पाउँछन् । 

एन्फाको केन्द्रीय निर्वाचन ६ असारमा हुँदैछ ।



  • प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार १६:२२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया