विराटनगरमा मेयर पाएर पनि कांग्रेस गठबन्धन गर्न अनिच्छुक, तीन दलको छुट्टै बैठक
किशाेर विश्वकर्मा/विराटनगर
फरकधार / ८ बैशाख, २०७९

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि विराटनगरमा गठबन्धन गर्न नेपाली कांग्रेस अनिच्छुक देखिएको छ । नेपाली कांग्रेस विराटनगर महानगर समिति विराटनगरको हकमा गठबन्धन गर्न अनिच्छुक देखिएको हो । 



केन्द्रीय सत्ता गठबधनबीच भएको भागबण्डामा विराटनगर महानगरको मेयरमा नेपाली कांग्रेसलाई दिने निर्णय भएको छ । तर, मेयर पद पाएको कांग्रेसको विराटनगर महानगर समितिनै गठबन्धन नगर्ने पक्षमा उभिएको छ ।
 
नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईंले पार्टीका आमकार्यकर्ता र शुभेच्छुक जनता गठबन्धनको विपक्षमा रहेकाले आफूहरु एक्लै निर्वाचन लड्ने तयारीमा रहेको फरकधारसँग बताए । ‘नेपाली कांग्रेसका आमकार्यकर्ता र जनताले गठबन्धन चाहेका छैनन्,’ उनले फरकधारसँग भने,‘हामी अहिलेसम्म विराटनगरको हकमा गठबन्धन हुनुहुँदैन, चाहिँदैन र गर्दैनौँ भन्ने कुरामा अडिग छौँ ।’


कांग्रेसले गठबन्धन गर्न आनाकानी गरेपछि सो पार्टीबाहेक सत्ता गठबन्धनका दल मात्र भए पनि चुनावी तालमेल गरेर अघि बढ्ने तयारी थालेका छन् । नेकपा माओवादी केन्द्र विराटनगर महानगर समितिका अध्यक्ष नवीन पौडेलले नेपाली कांग्रेसलाई अब धेरै कुरिरहन नसक्ने भएकाले कांग्रेसबाहेकका दलसँग चुनावी गठबन्धन गरेर अघि बढ्ने तयारी थालिएको बताए । ‘



‘कांग्रेसका साथीहरुमा निकै घमण्ड देखिएको छ । उहाँहरु अन्तरआत्मादेखि नै गठबन्धन नगर्ने पक्षमा देखिनुभएको छ,’ उनले फरकधारसँग भने,‘अब हामी धेरै पर्खिन सक्दैनौँ । गठबन्धनकै अरु दलबीच मात्र भए पनि तालमेल गरेर अघि बढ्नेगरी छलफल अघि बढाएका छौँ ।’
 
अध्यक्ष पौडेलले गठबन्धनका बाँकी राजनीतिक दलहरुले गठबन्धनलाई छुट्टै ढंगले लैजान अन्तिम तयारी थालेको जानकारी दिए । उनले गठबन्धनका अन्य दलको केन्द्रीय सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । तर, विराटनगरमा जनमोर्चाको उपस्थिति छैन ।



  • प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार १९:३६:८,   अन्तिम अपडेट : बैशाख ८, २०७९ बिहीबार २०:३२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया