कर्णालीका तीन जिल्लामा एमालेले उम्मेदवार टुंगो लगायो
फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी एमालेले कर्णालीका तीन जिल्लामा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ ।

वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि एमालेले कर्णालीका सल्यान, रुकुम पश्चिम र मुगुमा आफ्ना उम्मेदवारको टुंगो लगाएको हो ।

सबै जिल्लाबाट प्रायः पदमा तीन जना उम्मेदवारको नामावली प्रदेश कमिटीलाई प्राप्त भएको एमालेका कर्णाली प्रदेश कमिटी सचिव कमल शाहीले जानकारी दिए ।

उनले भने, ‘कर्णालीका सबै जिल्लामा हाम्रा सर्वसम्मत उम्मेदवार छन् । प्रदेशमा पठाइएको उम्मेदवार नामावलीअनुसार प्रायः सबै स्थानबाट छलफल चलेर सर्वसम्मत नामावली आएको छ । जिल्लामा विवाद देखिएको छैन ।’

शुक्रबार दिउँसोसम्म एमालेले कर्णालीका सबै स्थानीय तहका उम्मेदवारहरूको टुंगो लगाइसक्ने शाहीले बताए । उम्मेदवार टुंगो लागेका जिल्लालगायत सबै जिल्लाका उम्मेदवारको नामावली एकैसाथ शुक्रबार सार्वजनिक गर्ने योजना रहेको उनले बताए । 

उनले भने, ‘उम्मेदवार टुंगो लागिसकेको छ । तर, अन्य दलहरूका उम्मेदवारले प्रभाव पार्ला कि भनेर शुक्रबार मात्र उम्मेदवार विवरण सार्वजनिक गर्ने तयारी छ ।’





  • प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार २०:२८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया