दार्चुलामा कांग्रेस-एमाले कार्यकर्ताबीच झडप

दार्चुलाको शैल्यशिखर नगरपालिका-६ ग्वानीमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । 

शान्तिपूर्ण र्‍याली गरिरहेको समयमा कांग्रेसका कार्यकर्ताले आफूमाथि ढुंगा र सिसाका बोतल प्रहार गरेको एमालेका कार्यकर्ता राजेश विष्टले बताए । 

झडपमा गाडीका सिसा फुटाइएको र केही एमालेका कार्यकर्ता घाइते भएको विष्टले बताए । घाइतेको टाउकोमा चोट लागेको छ । 

प्रहरीले भने उक्त घटनालाई सामान्य विवाद भएको बताएको छ । नेकपा एमालेका कार्यकर्ताले घरदैलो कार्यक्रम गरिरहेका बेला कांग्रेसका कार्यकर्तासँग सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक धुब्र विष्टले बताए । 

विवादका क्रममा एमालेका दुई जना कार्यकर्तालाई सामान्य चोट लागेको उनले बताए । शुक्रबार दिउँसो करिब साढे १२ बजेतिर नेकपा एमालेका कार्यकर्ताले घरदैलो गरिरहेका बेला कांग्रेसका कार्यकर्तासँग मुठभेड भएको थियो ।





  • प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार २०:४६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया