पुलिस फाइनलमा, उपाधिका लागि एपिएफसँग खेल्ने

आयोजक वनदेवी युवा क्लबलाई ३–० अन्तरले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बिवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार जितसँगै पुलिसले उपाधिका लागि अर्को विभागीय टोली एपिएफ फुटबल क्लबसँग खेल्नेछ । फाइनल शनिबार हुनेछ । 

पुलिसलाई फाइनलमा पुर्‍याउनका लागि निर्मला विकले दुई तथा रेखा पौडेलले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको पुलिसले दोस्रो हाफको ४ मिनेटमा अग्रता कायम गर्यो । खेलको ४९औं मिनेटमा गोल गर्दै निर्मलाले पुलिसलाई अग्रता दिलाइन् ।

५६औं मिनेटमा रेखाले गोल गर्दै अग्रता दोब्बर पारिन् । खेलको ६५औं मिनेटमा निर्मलाले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई तीन गोलको स्पष्ट अग्रता दिलाइन् ।

त्यसपछि कुनै पनि टिमले गोल गर्न सकेन । र, पुलिस सानदार जितसहित फाइनल पुग्न सफल भयो । 

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी पुलिसकी निर्मला विक प्लेयर अफ द म्याच भइन् । उनले नगद ५ हजारसहित ट्रफी पाइन् ।





  • प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार २२:३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया