स्थानीय वायुको प्रभाव कायमै : आज पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

नेपालमा न्यून चापीय रेखासँगै स्थानीय वायुको प्रभाव कायमै रहेको छ । त्यसकै प्रभावका कारण आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश–१ सँगै देशका अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ ।

 मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो गण्डकी, बागमती र प्रदेश–१ का थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

राति प्रदेश–१ र गण्डकीका एक वा दुई स्थानमा क्षणिक र हल्का वर्षाको आँकलन गरिएको छ । शनिबार पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

शनिबार राति प्रदेश–१ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 





  • प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार ७:१६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया