चार अमेरिकी सिनेटरको टोली आज साँझ नेपाल आइपुग्ने

चारजना अमेरिकी सिनेटर र एकजना सांसदको टोली आज नेपाल आइपुग्ने भएको छ । नेपाल आउनेमा डेमोक्र्याटिक पार्टीका सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर, एड मार्की र तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स रहेका छन् ।

अमेरिकी सिनेटरको टोलीले शनिबारदेखि नेपालमा राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ । सिनेटरको यो टोली नेपालसहित पोल्याण्ड, युएई, भारत र जर्मनीको ९ दिने भ्रमणमा निस्किएको हो ।

अमेरिकी सिनेटरको टोली आइतबार नेपालबाट फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनका पक्षमा समर्थन जुटाउन उनीहरू भ्रमणमा निस्किएका बताइएको छ । 





  • प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार ८:२४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया