आइपिएलमा रोहित शर्माले बनाए खराब रेकर्ड

इण्डियन प्रिमियर लिग (आइपिएल) टोली मुम्बई इण्डियन्सका कप्तान रोहित शर्माले खराब रेकर्ड आफ्नो नाममा गराएका छन् । उनले आइपिएलमा सर्वाधिकपटक शून्यमै आउट हुने ब्याटरको खराब रेकर्ड बनाएका हुन् 

लिगअन्तर्गत बिहीबार चेन्नई सुपर किंग्सविरुद्धको खेलमा शून्यमै आउट भएपछि रोहितले यो खराब कीर्तिमान बनाए । उनी १४ औं पटक खाता नखोली आउट भएका हुन् । 

योसँगै उनले आइपिएलमा सर्वाधिक शून्यमै आउट हुने मामलामा पियुष चावला, हजभजन सिंह, पार्थिव पटेल, मनदीप सिंह, अजिंक्य रहाणे र अम्बाती रायडुलाईपछि पारे । उनीहरू समान १३ पटक खाता नखोल्दै आउट भएका थिए । 

चेन्नईविरुद्ध रोहित पहिलो ओभरको दोस्रो बलमै आउट भए । उनलाई चेन्‍नईका तीव्र गतिका बलर मुकेश चौधरीले मिचेल स्याटनरबाट क्याच गराएका थिए । रोहितले खराब रेकर्ड बनाएको खेलमा मुम्बई तीन विकेटले पराजित हुन पुग्यो । 

सर्वाधिक पाँचपटकको विजेता मुम्बईले अहिलेसम्म सात म्याच खेल्दा एक खेलमा पनि जित हात पार्न सकेको छैन । योसँगै मुम्बईले पनि आइपिएलको सुरुवाती सात खेल हार्ने खराब कीर्तिमान बनाएको छ ।  





  • प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार ११:३८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया