आइपिएलको सट्टाबाजी खेल खेलाउने दुईजना विराटनगरबाट पक्राउ

भारतमा भइरहेको इण्डियन प्रिमियर लिग (आइपिएल) को सट्टाबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा विराटनगर महानगरपालिका–६ बस्ने ४२ वर्षीय सचिनकुमार साह र सोही महानगरपालिका–९ बस्ने ४४ वर्षीय भूपेन्द्रकुमार साह रहेका छन् । उनीहरूलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई नगद २८ हजार ३ सय २५ रुपैयाँ, २ थान मोबाइल र दुई थान विभिन्न बैंकको चेकसहित पक्राउ गरिएको हो । 

उनीहरूमाथि सट्टाबाजी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 





  • प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार १२:५०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया