मदन–आश्रितको शालिक तोडफोड गर्नेलाई कारबाहीको माग

एमालेनिकट राष्ट्रिय युवा संघ, नेपाल मकवानपुरले तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको अर्धकदको शालिक तोडफोड गर्नेलाई कडा कारबाहीको माग गरेको छ ।

युवा संघ मकवानपुरका कार्यबाहक अध्यक्ष कृष्ण लामिछाने विज्ञप्ति जारी गर्दै हेटौंडा-९ दिब्य बाल उद्यानमा रहेको मदन–आश्रितको शालिक तोडफोड भएकोमा युवा संघ मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको जनाएका हो ।

‘नेपाली समाजको प्रगतिशील रूपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गरी समृद्ध नेपाल, सुखी नेपालीको आधार तयार गरिरहेको हाम्रो पार्टी नेकपा एमाले आस्था र विश्वासको धरोहर भण्डारी र आश्रितको शालिक तोडफोड गर्नु भनेको आपराधिक एवं अराजकताको पराकाष्टा हो' लामिछानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रिय युवा संघ नेपाल मकवानपुर यस अराजक तथा अपराधिक घटना प्रति घोर भर्सना गर्दछ । यस्ता खाले गतिविधि गर्ने तत्त्वहरुको पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न जिल्लास्थित स्थानीय प्रशासनलाई हामी आग्रह गर्न चाहन्छौँ ।’

यसैगरि कार्यबाहक अध्यक्ष लामिछानेले एमालेविरुद्ध चौतर्फी प्रतिक्रियावादी घेराबन्दी भइरहेको भन्दै षड्यन्त्रकारी तथा आपराधिक गतिविधि गर्नेहरूविरुद्ध सशक्त प्रतिवादमा उत्रिन मातहत कमिटीलाई निर्देशनसमेत दिएका छन् ।





  • प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार १५:४२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया