विराटनगरमा सागर थापालाई मेयर उम्मेदवार बनाउने एमाले तयारी
फरकधार / ९ बैशाख, २०७९

नेकपा एमालेले विराटनगर महानगरपालिकामा सागर थापालाई मेयरको उम्मेदवार बनाउने तयारी गरेको छ । त्यहाँ नगर कमिटी तथा प्रदेश कमिटीबाट मेयर उम्मेदवारका लागि सिफारिस भएकाहरुमध्ये थापालाई मेयरको उम्मेदवार बनाउने तयारी नेकपा एमालेले गरेको हो । 



नेकपा एमालेका एक सचिवालय सदस्यका अनुसार प्रदेश १ मा प्रदेश सभा सदस्य तथा प्रतिनिधिसभा सदस्यले पनि मेयरमा उठ्ने चाहना राखेका थिए ।

‘तर, एकै जनालाई बारम्बार पार्टीमा अवसर दिनुहुन्न भन्ने कुरा छ,’ ती नेताले भने, ‘त्यसैले प्रदेश सभा तथा प्रतिनिधिसभा सदस्यबाट राजीनामा गराएर मेयरमा उम्मेदवारी दिन लगाउने मनस्थितिमा हामी छैनौँ ।’



यसअघि विराटनगरको मेयरका लागि नगर कमिटी, प्रदेश कमिटीले सागर थापा, पर्शुराम बस्नेत तथा जीवन घिमिरेलगायतको नाम सिफारिस गरेको थियो । थापा नेकपा एमाले नगर कमिटीका अध्यक्ष हुन् भने बस्नेत नेकपा एमाले निकट नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष हुन् । बस्नेतले मेयरमा आफू नउठ्ने बताएपछि एमालेले थापालाई मेयरमा अगाडि सार्ने तयारी गरेको हो । 



‘तर, यसको निर्णय भइसकेको छैन,’ एमालेका ती नेताले भने, ‘शनिबार साँझसम्म टुंगो लाग्नेछ ।’

  • प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार १७:३२:१७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया