मोदी आइतबार विवादास्पद क्षेत्र काश्मिर जाने
फरकधार / ९ बैशाख, २०७९
फाइल तस्वीर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत र पाकिस्तानका बीचको विवादास्पद क्षेत्र जम्मु र काश्मिरमा जाने भएका छन् । 



सो क्षेत्रमा गएको तीन वर्षदेखि भारतले कडा कारबाही गर्ने गरी कडा सुरक्षा कानुन जारी गरेको थियो । त्यसयता सो क्षेत्रमा भारतका अधिकारीहरू उपस्थित छैनन् ।
 
तर, प्रधानमन्त्री मोदी भने आइतबार सो क्षेत्रमा जाने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारत अधिनस्थ सो क्षेत्रमा भारत सरकारले निगरानी राख्ने गरेको छ । 

मोदी सरकार हिन्दू अतिवादीको बाहुल्यताको समर्थनको सरकार रहेका र जम्मु काश्मिर क्षेत्रमा बहुसंख्यक मुस्लिम समुदायको बसोबास रहने गरेकाले पनि ती क्षेत्रहरुमा भारत सरकारले सन् २०१९ देखि प्रतिबन्ध लगाएको छ ।
 
सन् २०१९ देखि ती क्षेत्रमा सरकारले इन्टरनेट बन्द गर्नेदेखि लिएर नागरिकलाई सार्वजनिक स्थलमा हुने जमघटमा पनि निगरानी राख्नेगरी कडा कानुनी प्रतिबन्ध लगाइएको छ ।



काश्मिरका पाली भन्ने स्थानमा आइतबार भारतीय जनता पार्टीको कार्यक्रम आयोजना गरिएको छ र त्यहाँ प्रधानमन्त्री मोदी सहभागी हुने भएकाले त्यहाँ कडा सुरक्षा व्यवस्था गरिएको बताइएको छ ।
 
उक्त क्षेत्रमा आतंकवादी समूह या भूमिगत समूहहरुबाट हुनसक्ने सम्भावित आक्रमणलाई लिएर ठूलो संख्यामा प्रहरीको पनि व्यवस्था गरिएको बताइएको छ । 



  • प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार १७:५६:२८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया