जसपाले बोदेबर्साइन नगरपालिकाको मेयर र उपमेयर टुंग्यायो
फाइल तस्वीर

सप्तरीको बोदेबर्साईन नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालले मेयर र उपमेयरका उमेदवार शुक्रबार टुंगो लगाएको छ।

वर्तमान मेयर आतेशकुमार सिंह यादवलाई नै जसपाले मेयरमा उठाउने पार्टीले निर्णय गरेको छ ।

उपमेयरमा रेणु कुमारी साहलाई सिफारिस गरिएको जसपा नेपाल बोदेबर्साईन नगरसमितिको अध्यक्ष तथा जसपा नेता अरुण यादवले जानकारी दिएका छन् । 

२०७४ को चुनावमा यादव तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट मेयर विजय भएका थिए । उनले ४ हजार ५४७ मत ल्याएका थिए ।

उपमेयरमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट रन्जु कुमारी साह निर्वाचित भएकी थिइन् । 

उनले ३ हजार ७२१ मत ल्याएकी थिइन । उनले राष्ट्रिय जनता पार्टी नेपालकी रेनु कुमारी साहलाई ९१ मतले हराएकी थिइन् । 





  • प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार १९:५४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया