फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प

मनिला– फिलिपिन्सको मिन्दानाओ द्वीपनजिक शनिबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्पको कम्पन देशको दक्षिण भाग र छिमेकमा पर्ने देश इन्डोनेसियामा समेत महसुस गरिएको छ ।
 
सो भूकम्पको केन्द्रबिन्दु दाभाओ सहरको दक्षिणपूर्वी भागको आसपासको इलाकामा ५९ मिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जानकारी दिएको छ ।
 
छिमेकी देश इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा परी चार सय व्यक्तिको मृत्यु भएको घटनाको एक हप्तापछि सो भूकम्प आएको हो । 

यस भूकम्पपछि प्रशान्त महासागर सुनामी चेतावनी सेन्टरले ‘हजारडोअस’ नामक सुनामीको सानो छाल उठ्ने अनुमान गरिएको छ । इन्डोनेसिया र फिलिपिन्सको तटीय क्षेत्रमा सो सुनामी छालको अनुमान गरिएको हो । यद्यपि, सुनामीको छाल ३० सेन्टिमिटरभन्दा कम हुने पनि अनुमान गरिएको छ ।
 
फिलिपिन्समा सर्वसाधारण व्यक्तिलाई समुद्र र तटीय क्षेत्रमा नजानको लागि फिलिपिन्स सरकारले सतर्क गराएको छ । युएसजिएसका अनुसार यसबाट भूकम्पपछि मानवीय र भौतिक क्षतिको कम मात्र सम्भावना रहेको छ । फिलिपिन्स र इन्डोनेसियामा भूकम्प र ज्वालामुखी विस्फोटको घटना बराम्बर भएको पाइन्छ ।
 
सन् २०१३ मा मध्य फिलिपिन्सलक्षित ७.१ म्याग्निच्युडको भूकम्पमा परी २ सय २० भन्दा बढी सर्वसाधारणको मृत्यु हुनुका साथै कैयौँ ऐतिहासिक चर्च ध्वस्त भएका थिए । 





  • प्रकाशित मिति : पुस १४, २०७५ शनिबार १७:५५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया