धिवेही प्रिमियर लिगमा किरण सम्मिलित माजियाको फराकिलो जित

माल्दिभ्सको शीर्ष डिभिजन फुटबल धिवेही प्रिमियर लिगमा माजिया स्पोर्ट्स एण्ड रिक्रियशनले फराकिलो जित हात पारेको छ । नेपाली राष्ट्रिय  फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङ सम्मिलित माजियाले गएराति सम्पन्न खेलमा डा ग्राण्डविरुद्ध ५–० को जित निकालेको हो ।

माजियालाई जित दिलाउन, नैज हसन,कर्ताल नेमन्जा, मोहम्मद हेम्जा, कर्लिनस स्टिवार्ट र असदुल्ला अब्दुल्लाले एक/एक गोल गरे । खेलको चौथो मिनेटमा हसनको गोलमार्फत माजियाले अग्रता लिएको थियो ।

२२ औं मिनेटमा नेमन्जाले टोलीको अग्रता दोब्बर बनाए । ३४ औं मिनेटमा हेम्जा र ४० औं मिनेटमा स्टिवार्टले गोल गरेपछि माजियाले पहिलो हाफमा ४–० को आरामदायी अग्रता  बनाएको थियो ।

८० औं मिनेटमा अब्दुल्लाले गोल गर्दै माजियालाई ५–० को फराकिलो जित दिलाए । जितसँगै १० खेलमा २७ अंक जोडेको माजिया शीर्ष स्थानमा कायम रहँदा पराजित ग्राण्ड समान खेलबाट एक अंकका साथ पुछारमा छ ।





  • प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार ७:२५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया