भारतमा सडक दुर्घटना, सातको मृत्यु

नयाँ दिल्ली– उत्तरी भारतीय राज्य हरियाणामा भएको सडक दुर्घटनामा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । 

तीव्र गतिमा रहेका दुई सवारीसाधन एक आपसमा ठोक्किएर शनिबार भएको दुर्घटनामा कम्तीमा सातको मृत्यु हुनुको साथै अन्य चारजना घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । 

हरियाणा राज्यको प्रान्तीय सहर चण्डीगढबाट ४५ किलोमिटर टाढा पर्ने अम्बाला जिल्लामा दुर्घटना भएको प्रहरी स्रोतले प्रस्ट गरेको छ । 

अम्बालाबाट चण्डीगढसम्मको राजमार्गमा पर्ने ठाउँमा भएको दुर्घटनामा परी घटनास्थलमा नै सातजनाको मृत्यु भयो भने अरु चारजना घाइते भएका स्थानीय एक प्रहरीले जानकारी दिएका थिए । 

घाइतेलाई उपचारका लागि तत्कालै नजिकैको अस्पताल पुर्याइएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेकाहरु चन्डीगढको छिमेकीमा पर्ने उत्तर प्रदेश राज्यको वृन्दावनतर्फ जाँदै थिए । 





  • प्रकाशित मिति : पुस १४, २०७५ शनिबार १८:६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया