धोनी सम्झाउने ऋषभ याे व्यवहार

इन्डियन प्रिमियर लिग (आइपिएल) १५ औं संस्करणको ३४ औं खेल निकै
 रोमाञ्चक र नटकीय रुपमा सकियाे । 

लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा दिल्ली क्यापिटल्स राजस्थान रोयल्ससँग १५ रनले पराजित हुन पुग्यो । जितका लागि २२३ रनको विजयी पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०७ रन मात्र बनाउ सक्यो । 

दिल्लीलाई जितको लागि अन्तिम ओभरमा ३६ रन चाहिएको थियो । रोभमन पावेलले तीव्र गतिका बलर ओबेद म्याककोयलाई सुरुवाती तीन बलमा लगातार छक्का प्रहार गरे । पहिलो बल लङअफ र दोस्रो बल कभरमा छक्का प्रहार गर्दै पावेलले खेललाई रोमाञ्चक मोडमा ल्याएका थिए । 

वेस्टइन्डिजका यी दुई खेलाडीबीचको भिडन्त निकै रोचक थियो । फुलटस आएको तेस्रो बलमा पनि पावेलले मिडविकेटमा छक्का प्रहार गरेपछि दिल्ली खेलमा फर्कने संकेत देखिएको थियो । 

त्यसपछि भने खेलले नयाँ मोड लियो । बल पावेलको कम्मरमाथिबाट गएको थियो, त्यसैले  दिल्लीको डग आउटबाट कप्तान ऋषभ पन्त लगायतले हाइटकोे नो बलको माग गरेका थिए ।  । 

डग आउटबाट पन्त लगायतले त्यो नो बल भएकाले थर्ड अम्पारलाई रिभ्यु लिन आग्रह गरेका थिए । तर अम्पायर नितिन मेननले त्यसलाई अस्विकार गरे । 



लङअनमा रहेका रिजर्भ अम्पायर सदाशिव ऐरसँग शार्दुल ठाकुर र खलिल अहमदले छलफल गरेका थिए । पावेल र कुलदीप यादवले पनि अम्पायर नितिनसँग छलफल गरे । 

पन्तले ब्याटिङ प्रशिक्षक आमरेलाई अम्पायरसँग कुरा गर्न मैदानमै पठाए । अमरेले पनि नितिनसँग छलफल गरे । तर, दिल्लीलाई नो बल भने प्राप्त भएन । 



अम्पायरले नो बल नदिएपछि पन्त दुबै ब्याटरलाई मैदान बाहिर आउन निरन्तर आग्रह गरेका थिए । तर, उनीहरु मैदान बाहिर भने आएनन् । मैदानमा युजभेन्द्र चाहलले कुलदीप यादवलाई सम्झाए । पन्त बेन्चबाट उठेर रिभ्यु लिनु पर्ने बताइ रहेका थिए ।

दिल्लीका सहायक प्रशिक्षक शेन वाटसनले पन्तलाई सम्झाउँदै खेललाई निरन्तरता गर्न भने । राजस्थान रोयल्सका ओपनर जस बटलरले पनि पन्तलाई सम्झाए । तर लगातार तीन छक्काले तताएको माहोल भने यो घटनाले चिस्याइसकेको थियो । 

केहि बेरको छलफपछि खेल पनि सञ्चालमा आयो । म्याककोयले चौथो बलमा स्वलोवर फ्याँल्दै बल डट गराए । पाँचौं बलमा दुई रन प्राप्त हुँदा अन्तिम बलमा पावेल कप्तान सञ्जु स्यामसनबाट क्याच भए । 

भिडियो फुटेज हेर्दा भने नो बल देखिन्छ । तर पन्तले मैदानमा जुन शैली देखाए त्यो भने खेल भावना विपरित छ । यो घटनापछि धेरैले चन्नई सुपर किंग्सका पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई सम्झिए । 

सन् २०१९ मा चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीले राजस्थानविरुद्ध हाइ फुलटस बलमा अम्पायरले नो बल नदिएपछि मैदानमै छिरेर आक्रोश ब्यक्त गरेका थिए । त्यसबेला धोनीलाई म्याच फिको ५० प्रतिशत जरिवना लागाइएको थियो । 

त्यसअघि मुम्बई वान्खडे स्टेडियम टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २२२ रन बनाएको थियो । राजस्थानका ओपनर जस बटलरले ६५ बलमा समान ९ चौका र छक्कासहित ११६ रनको उत्कृष्ट इनिङ खेले ।
आइपिएलको जारी सिजनमा बटलरको यो तेस्रो शतक हो । देवदत्त पडिकलले ५४ रन बनाउँदा सञ्जु स्यामसन ४६ रनमा अविजित रहे ।

दिल्लीले अब बिहीबार कोलकाता नाइट राइडर्स तथा राजस्थानले मंगलबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्नेछ ।

राजस्थान रोयल्स ७ खेलमा १० अंकका साथ शीर्षस्थानमा उक्लिँदा । दिल्ली समान खेलमा ६ अंक जोडेर छैटौं स्थानमा छ । 

  • प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार १२:३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया