आइपिएल: काेलकातालाई हराउँदै गुजरात शीर्ष स्थानमा

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज सम्पन्न खेलमा गुजरात टाइटन्स विजयी भएकाे छ ।

गुजरातले काेलकाता नाइट राइडर्सलाई आठ रनले पराजित गरेकाे हाे ।

याे जितसँगै गुजरात अंक तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ ।

१५७ रनकाे लक्ष्य पछ्याएकाे काेलकाताले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्याे ।

काेलकाताका लागि आन्द्रे रसेलले सर्वाधिक ४८ रनकाे याेगदान दिए । २५ बलकाे सामना गरेका उनले ६ छक्का र एक चाैका प्रहार गरे ।

रिन्कु सिंहले ३५, वेंकटेस अय्यरले १७ रन बनाउँदा उमेश यादव १५ रनमा अविजित रहे ।



गुजरातका लागि यश दयाल, माेहम्मद सामी र राशिद खानले दुई/दुई तथा अल्जारी जाेसेफ र लाेकी फर्गुसनले एक/एक विकेट लिए ।

यसअघि मुम्बईस्थित डिवाई पाटिल स्पाेर्ट्स एकेडेमी मैदानमा टस जितेर ब्याटिङ राेजेकाे गुजरातले निर्धारित २० ओभरमा नाै विकेट गुमाउँदै १५६ रन बनाएकाे थियाे ।



गुजरातका लागि कप्तान हार्दिक पाण्डेयले अर्धशतकीय पारी खेले । ६७ रन बनाएका उनले ४९ बलमा चार चाैका र दुई छक्का प्रहार गरे ।

डेविड मिलरले २७, ऋद्विमान शाहले २५ र राहुल तेवाटियाले १७ रन बनाउँदा अन्यले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।

काेलकाताका लागि आन्द्रे रसेलले चार, टिम साउदीले तीन तथा उमेश यादव र शिभम मावीले एक/एक विकेट हात पारे ।

जितसँगै शीर्ष स्थानमा उक्लिएकाे गुजरातले सात खेलमा १२ अंक जाेड्दा पराजित काेलकाता आठ खेलबाट ६ अंकका साथ साताैं स्थानमा छ ।

  • प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार २०:०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया