मुगुमा गठबन्धन नहुने, मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति

सत्ता पक्षीय गठबन्धन आबद्ध दलबीच मुगुमा स्थानीय तह निर्वाचनमा तालमेल गर्ने विषयमा सहमति जुट्न सकेन । उनीहरूबीच गठबन्धनबारे सहमति नजुट्दा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको छ ।

यही ३० गते हुने स्थानीय तहको दोस्रो निर्वाचनमा सत्ता पक्षीय दलबीच तालमेल गरेर चुनावमा जाने केन्द्रले निर्णय गरेपछि मुगुमा पनि तालमेल गर्न दिनहुँ गठबन्धनका नेताहरू जुट्ने गरेका थिए ।

शुक्रबार पालिका प्रमुख र उपप्रमुख बारे सहमति नजिक पुगेका दलबीच शनिबार वडा बाडफाडमा सहमतिमा पुग्न नसकेपछि सत्ता पक्षीय दलसँग मात्र स्थानीय तहमा आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने तर अन्य दलसँग तालमेल गर्न नपाउने, चुनावमा सत्ता पक्षीय दलबीच मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गर्दै बैठक टुंगिएको कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीले बताए ।

जिल्लामा सहमति हुन नसकेपछि पालिका स्तरमा सत्ता पक्षीय दलबीच तालमेल हुने विश्वास लिइएको छ ।





  • प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार २१:४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया