काठमाडौं महानगरको मेयरमा केशव स्थापितलाई उठाउने एमालेको निर्णय
फाइल तस्वीर

नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उठाउने भएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा शनिबार बसेको सचिवालय बैठकले काठमाडौंको मेयरमा स्थापितलाई उठाउने निर्णय गरेको हो ।

२ वैशाखमा नगर कमिटीले मेयरका लागि स्थापितसँगै एमालेबाट मेयर विद्यासुन्दर शाक्य, सांसद रामवीर मानन्धर, स्थापित, निर्मल र इन्दिरा पन्तको नाम सिफारिस गरेको थियो । 

सिफारिस भएका नामहरूबाट ३० वैशाखमा हुने स्थानीय निर्वाचनका लागि काठमाडौंको मेयरमा एमालेले स्थापितको नाम छानेको हो । 

२०५४ सालमा मेयर बनेर चर्चामा आएका स्थापितले काठमाडौंको रुपरेखा सुधारका लागि आफूसँग ‘मास्टरमाइन्ड योजना’ भएको बताउँदै आएका छन् ।

एमालेले शाक्यलाई नै मेयर पदमा दोहोर्याउने तयारी गरेको भए पनि पछिल्लो समय शाक्यको आलोचना चुलिएको भन्दै टिकट नदिन अध्यक्ष ओली निकट नेताहरूले नै लबिङ गरेका थिए । 



त्यस्तै पाँच दलीय सत्ता गठबन्धनबाट काठमाडौंको मेयरको उम्मेदवारमा नेपाली कांग्रेसकी सिर्जना सिंहलाई उठाउने तयारी छ । निर्वाचन आयोगको तालिकाअनुसार भोलि र पर्सि उम्मेदवार मनोनयनको मिति तय भएको छ । स्थानीय तहको निर्वाचन ३० वैशाखमा देशभर एकैसाथ हुँदै छ ।



  • प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार २१:११:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया