एमालेले काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोललाई उठाउने
फाइल तस्वीर

नेकपा एमालेले काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोललाई उठाउने निर्णय गरेको छ । 

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले सञ्चारकर्मी डंगोललाई उपमेयर बनाउने निर्णय गरेको हो ।

सन् २०११ मा मिस नेवा समेत बनेकी डंगोलले यसअघि स्वतन्त्र रुपमा मेयरको उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । उनले आफ्नो प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेकी थिइन् । 

डंगोलले काठमाडौंलाई सुन्दर, जीवन्त, सांस्कृतिक र व्यवस्थित महानगर बनाउनका लागि विभिन्न प्रतिबद्धता जनाएकी थिइन् । 

त्यस्तै, एमालेबाट काठमाडौंको मेयर पदमा केशव स्थापित उठ्न भएका छन् । एमाले सचिवालय बैठकले स्थापितलाई मेयरमा उठाउने निर्णय गरेको हो । यसअघि उनी २०५४ सालमा पनि काठमाडौंको मेयर बनेका थिए ।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । निर्वाचन तालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता आइतबार र सोमबार हुँदै छ ।





  • प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार २१:३२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया