एपिएफलाई हराउँदै पुलिसले जित्यो महिला गोल्डकपको उपाधि

विभागीय टोली नेपाल पुलिस क्लबले प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार राति धनगढीमा सम्पन्न फाइनलमा अर्को विभागीय सशस्त्र प्रहरी बल (एपिएफ) लाई १–० ले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो ।

पुलिसको जितमा निर्मला विकले इन्जुरी समयमा निर्णायक गोल गरिन् । निर्धारित ९० मिनेट पछि थपिएको पाँच मिनेट अन्तिम समयमा निर्मलाले सिक्स यार्ड बक्सबाट सहज गोल गरेकी थिइन् । 

उपाधिसँगै पुलिसले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै, उपविजेतामा सीमित एपिएफले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।

१० वैशाखदेखि सुरु भएको प्रतियोगितामा तीन विभागीयसहित कुल आठ टोलीको सहभागिता थियो । राष्ट्रिय महिला लिगको पहिलो चरणपछि धनगढीमा महिला गोल्डकप आयोजना भएको हो  ।  





  • प्रकाशित मिति : बैशाख ११, २०७९ आइतबार ६:४२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया